site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक : सापकोटा

काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपालमा समाजवाद : चुनौती र सम्भवाना विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान परिस्थितिमा पुनः एकपटक बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन जरुरी रहेकामा जोड दिए । विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको उनले उल्लेख गरे । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन त्यो आवश्यक रहेको उनको भनाइ थियो ।

“जनताले विचार खोजेका छैनन् भन्ने खालका भाष्यहरू बनाउन कोसिस गरिएको छ । प्रियतावादीहरूको रुझान बढ्दै गइरहेको छ,” उनले भने, “यो परिस्थितिमा हामीले फेरि एकपटक बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन – जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ,” उनले भने ।

उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको पनि बताए । सबै एकताबद्ध भई अघि बढ्न आवश्यक रहेको उनले औँल्याए ।

“...राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ सबै एकताबद्ध भएर, नेपाल नेपालीहरूको हो, नेपाल नेपालीहरूले चलाउनुपर्छ,” उनले भने, “हामी कसैको हैकम मान्नेवाला छैनौँ । हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ ।”

हाल विश्वयुद्धको खतरा मडारिरहेको भन्दै उनले त्यो ‘आँधीबेहरी’का निम्ति तयार हुनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro