site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘देवी’ हेरेर कलाकारले भने– बहस गर्ने विषय उठाएको सिनेमा 

काठमाडौं । चलचित्र ‘देवी’को रेडकार्पेट प्रिमियर आयोजना गरिएको छ । प्रिमियरमा सिनेमा हेर्न अभिनेता कर्मा शाक्य, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरी लगायत कलाकारहरुको उपस्थिति थियो । 

शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए । 

प्रिमियरमा चलचित्र हेरेका अधिकांशले सिनेमा उत्कृष्ट बनेको बताएका छन् । निर्देशक सौरभ चौधरीले सिनेमा निकै राम्रो बनेको बताए । उनले ‘देवी’जस्तो कन्टेन्ट भएको चलचित्र निर्माण गर्ने हरेक मेकरको सपना हुने गरेको बताए । 

समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई सिनेमाले सुक्ष्म रुपमा उठाएको उनले बताए । 

अभिनेत्री सृष्टि श्रेष्ठले पनि सिनेमाको विषयवस्तुले भावुक बनाएको बताइन् । “नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यान्वयनको जरुरी छ । यसलाई देवीजस्ता सिनेमाले सरकारलाई घचघच्याउन सफल हुने मेरो विश्वास छ,” उनले भनिन् । 

अभिनेत्रीद्वय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि सिनेमा उत्कृष्ट बनेको बताए । यस्ता चलचित्रलाई धेरैभन्दा धेरै दर्शकले हेरेर बहसको रूपमा लैजानु पर्ने उनीहरूको भनाइ छ । 

अभिनेता कर्मा शाक्यले पनि ‘देवी’ले गहन विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको बताए । 

क्राइम थ्रिलर जानरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । 

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायतको अभिनय छ । 

2-1725518968.JPG

1-1725518968.JPG

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro