site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलविद्युत्‌काे उत्पादन क्षमता हेरेर प्रसारण लाइनको गुरुयोजना बनाउनुपर्छ : उर्जामन्त्री 

काठमाडौं । ऊर्जा , जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलविद्युत उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना’ सम्बन्धी छलफलमा उनले आगामी दिनमा हुने उत्पादन क्षमतालाई हेरेर प्रसारण गुरुयोजना निर्माण गर्नुपर्ने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एउटै नदीबाट कति मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसको मूल्यांकन गरेर प्रसारण लाइनको गुरुयोजना निर्माण गर्नुपर्छ,” उनले भने, “उत्पादन भएपछि गुरुयोजना बनाउने होइन, उत्पादन हुनुपूर्व नै गुरुयोजना बन्नुपर्छ ।” 

उनले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न प्रसारण लाइनमा चाहिने आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । देशको आम्दानीको मुख्य क्षेत्र उर्जा भएकाले यसको विकासमा विशेष योजना बनाउनुपर्ने उनको जोड छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्