site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सभापति देउवालाई भेट्न पुगे एमालेका नेता

काठमाडौं । नेकपा (एमाले)का नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । मंगलबार एमाले वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई नेतृत्वको टोलीले उपत्यकाका नदी किनारका संरचना हटाउने विषयमा सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरको परिपत्रलाई लिएर देउवासँग छलफल गरेको हो ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा उनीहरूले सर्वोच्चको फैसला पुनरवलोकन हुनुपर्ने बताएका थिए ।

जवाफमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरवलोकनमा जानपर्ने विषयमा सहमति जनाए । उनले कानुनमन्त्रीलाई पुनरवलोकनका लागि आवश्यक पहल लिन पनि आग्रह गरे ।

भेटमा भट्टराईसहित काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारी सहभागी थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro