site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने स्वारेजको घोषणा

काठमाडौं । उरुग्वेका फरवार्ड लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । स्वारेजले सोमबार राति अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने निर्णय गरेका हुन् ।

३७ वर्षीय स्वारेजले १७ वर्षसम्म उरुग्वेको प्रतिनिधित्व गरे । उनले देशबाट १४२ खेल खेल्दा ६९ गोल गरेका छन् । सन् २००७ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका स्वारेज उरुग्वेका उच्च गोलकर्ता समेत हुन् ।

सन् २०११ मा भएको कोपा अमेरिका उरुग्वेले जित्दा स्वारेज टिमका महत्त्वपूर्ण सदस्य थिए ।

“शुक्रबार मेरो अन्तिम खेल हुनेछ,” स्वारेजले भने, “मेरो लागि यही समय उपयुक्त लाग्यो । म अझै खेल्न चाहन्थेँ, तर चोटका कारण त्यो सम्भव हुँदैन ।”

आउँदो शुक्रबार मोन्टेभिडियोमा उरुग्वेले पाराग्वेको सामना गर्दै छ । त्यो सन् २०२६ फिफा विश्वकप छनोटअन्तर्गतको खेल हो । त्यसको चार दिनपछि उरुग्वेले भेनेजुएलासँग खेल्ने तालिका छ ।

हाल स्वारेज अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । स्वारेजले मियामीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro