site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन नीति परिमार्जनको प्रक्रियामा : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहेको बताएका छन् । 

सोमबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिए । 

त्यस्तै, उनले संस्कृति नीति, हवाइ नीति पनि परिमार्जनको प्रक्रियामा रहेको उल्लेख गरे । देशको नागरिक उड्डयनको क्षेत्रलाई सुधार गर्नका लागि नियमक निकाय र सेवा प्रदायकलाई फरक बनाउनका लागि आवश्यक कानुन टुंग्याउने क्रममा रहेको बताए । 

नले नागरिक उड्डयनको क्षेत्र सुधार नभएसम्म पर्याप्त पर्यटन भित्राउन नसकिने धारणा राखे । मन्त्री पाण्डेले लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडानका लागि अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकसँग आग्रह गरिरहेको जिकिर गरे । नागरिक उड्डयन क्षेत्रमा देखिएको चुनौतीको समाधान गर्न निजी क्षेत्रको सार्थक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro