site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप कर्जा प्रवाहका निम्ति त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहका निम्ति औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषका अधिकारीबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट कार्यकारी अधिकृत रमेश घिमिरे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअप कर्जा प्रवाह सहजीकरणका निम्ति त्रिपक्षीय सम्झौता गरिएको बताए । स्टार्टअप कर्जा प्रवाह गरी त्यस्तो उद्यमलाई प्रोत्साहन तथा प्रभावकारी बनाउने योजना रहेको उनले सुनाए । त्यसका निम्ति वित्तीय क्षेत्रको साथ–सहयोग उनले अपेक्षा व्यक्त गरे ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेले स्टार्टअप कर्जा सुरक्षणका निम्ति कोषले छुट्टै सहुलियतको व्यवस्था गरेको बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले स्टार्टअप उद्यमका निम्ति एक अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको उल्लेख गरे ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले गत वर्षदेखि स्टार्टअप उद्यम कर्जा प्रवाहमा सहभागिता जनाउँदै आएको बताए । गत वर्ष बैंकले १८३ स्टार्टअप उद्यमलाई कर्जा प्रवाह गरेको उनले जानकारी गराए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro