site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवीकरण भयो एनसेलको लाइसेन्स, पाँच अर्बको किस्ता सुविधा 

काठमान्डौं । एनसेलको लाइसेन्स नवीकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार नै एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण गरिदिएको हो ।  

नवीकरण शुल्क तिर्न एनसेललाई ब्याजसहित किस्ताबन्दी सुविधा सरकारले उपलब्ध गराएको थियो । सोहीअनुसार अहिले एनसेलले पहिलो किस्तास्वरूप पाँच अर्ब रुपैयाँ बुझाएपछि लाइसेन्स नवीकरण भएको हो । 

२० अर्ब नवीकरण शुल्कको बाँकी १५ अर्ब रकम अब तीन किस्तामा हरेक वर्ष ५ अर्ब रुपैयाँ गरी एनसेलले १० प्रतिशत ब्याजसहित तिर्नेछ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलको लाइसेन्स नवीकरण भएको जानकारी दिए ।

एनसेलले चाहेमा बाँकी सबै रकम एकैपटक दिनसक्ने व्यवस्था समेत गरिएको उनले बताए ।

एनसेललाई भदौ १६ गते नै नवीकरणपछि पत्र दिइएको उनले बताए ।

एनसेलको लाइसेन्स नवीकरण अवधि भदौ १५ गते सकिएको थियो । यससँगै एनसेलले थप ५ वर्षका लागि लाइसेन्स पाएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro