site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरमै नागरिकता पाएपछि प्रकाश भन्छन्– अब खेती किसानी गरेर बस्छु
Tiktok banner adTiktok banner ad

टक्सार (भोजपुर) । ‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अंक ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए । 

३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौं आउँदा हराएका प्रकाश गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा थिए । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उनको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो । 

गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि भोजपुरवासीले पहल थालेका थिए । आज भोजपुर षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको छ । 

नागरिकता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंसहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको हो । 

पछिल्लोपटक प्रकाश शनिबार काठमाडौंबाट हवाई मार्ग भएर सङ्खुवासभाको तुम्लिङटार हुँदै भोजपुरस्थित घर आएका थिए । नागरिकता प्रदान गर्दै नगर प्रमुख उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा प्रकाश र उनको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नागरिकता लिइसकेपछि प्रकाशले आगामी दिन भोजपुरमै रहेर खेती किसानी गर्ने मनसाय रहेको प्रतिक्रिया दिए ।

“बर्सौंपछि भए पनि मैले परिवार भेट्न पाएँ । नागरिकता लिन पाएँ । मेरो जीवन यत्तिकै जालाजस्तो लागेको थियो, तर त्यसो भएन म खुसी छु,” उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro