राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नभइ महाधिवेशन नगर्ने हो ? भनी प्रश्न गरेका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा उनले प्रश्न गर्दै भने–तपाईं प्रधानमन्त्री नभइ महाधिवेशन नगर्ने हो ?” उनले प्रधानमन्त्री हुने विषय पनि नरोकी महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
“यसलाई फरक तरिकाले लैजान सकिँदैन र ?,” उनको प्रश्न थियो, “कोरोना पनि छैन । भूकम्प पनि छैन । असारमा सरकारको नेतृत्व गरेर भदौमा महाधिवेशन गर्दा स्थानीय तहको निर्वाचनमा समय बाँकी रहन्छ ?”
उनले ढिलोमा पनि ०८३ वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १८:१६
प्रतिक्रिया दिनुहोस्