site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाढीले आयोजना बगायो, बिजुली भारत निर्यात घट्यो
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । करिब एक दर्जन आयोजना बाढीले क्षति पुर्‍याएपछि नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारमा पाँच सय मेगावाट हाराहारीको मात्रै बिजुली निर्यात गरेको छ । 

बाढी पहिरोले जलविद्युत् आयोजनामा क्षति पुगेपछि ९४१ मेगावाट स्वीकृति पाएपनि पाँच सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भएको हो । बाढी पहिरोले एक दर्जन आयोजनामा क्षति पुर्‍याएपछि करिब ४ सय मेगावाट अवरुद्ध भएका छन् । 

प्राधिकरणका प्रवक्ता चन्दन घोषकाअनुसार करिब ४ सय मेगावाट आयोजनामा प्रणाली नआएपछि भारतीय बजारमा पाँच सय मेगावाटको हाराहारीमा मात्रै निर्यात भएको जानकारी दिए । 

Dabur Nepal
NIC Asia

“कतिपय पावर प्लान्टहरु बिग्रिएका छन् । त्यसकारण स्वीकृत पाए पनि त्यही क्षमतामा पठाउन सकिएको छैन्,” उनले भने, “हामीले छ सय मेगावाटको हाराहारीमा मात्रै निर्यात गरिरहेका छौं । शुक्रबारको कुरा गर्नुहुन्छ भने त पाँच सय मेगावाटको हाराहारीमा मात्रै छ । ”

हाल जडित क्षमता ३ हजार १ सय मेगावाटको हाराहारीमा छ । तर, २० प्रतिशत आयोजना राम्रोसँग चल्न नसकेका कारण पनि भनेजति बिजुली पठाउन नसकिएको घोष बताउँछन् । 

“हाल निजी उत्पादकहरुको १६ देखि १७ सयको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ । यस्तै प्राधिकरण र यसका सहायक कम्पनीबाट करिब ११ सय मेगावाटको हाराहारीमा उत्पादन भइहरेको छ,” उनले भने, “त्यसमाथि हाल आन्तरिक माग पनि बढ्दै गएको छ । कहिले कुन आयोजना बन्द हुन्छ थाहा हुँदैन । त्यसकारण ५ सय मेगावाटको हाराहारीमै मात्रै निर्यात भएको छ ।”

घोषकाअनुसार प्रणालीमा शुक्रबार २७ सय मेगावाट मात्रै उपलब्ध भएको छ । उद्योगहरुको माग कहिले निकै हुने र कहिले कम हुने हुँदा पनि बिक्री प्रणालीमा आएको जत्ति सबै बिक्री गर्न गाह्रो हुने गरेको प्राधिकरणको भनाइ छ । 

“हाल ठूला आयोजनामा माथिल्लो तामाकोशीबाट ७६ मेगावाट, मध्य मस्र्याङ्दीबाट ३५ मेगावाट, माथिल्लो मस्र्याङ्दीबाट २५ मेगावाट, आरती पावरको १९ मेगावाट बिजुली आउटेज छ,” उनले भने, “त्यसमा पनि हाल उद्योगको लोड २५ प्रतिशतले बढेको छ । ”

वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्दै आएको प्राधिकरणले हाल ९५१ मेगावाट बिक्रीको अनुमति पाएको छ । भारतले भदौ तीन गते प्राधिकरणलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने अनुमति दिएको थियो । त्यसअघि ६९० मेगावाट बिजुली बिक्रीको अनुमति पाएको नेपालले २५१ मेगावाटसँगै एक हजार मेगावाटको हाराहारीमा बिजुली बिक्री गर्ने अनुमति पाएको थियो । 

२५१ मेगावाट अनुमति पाएसँगै प्राधिकरणले भारतीय बजारमा ९४१ मेगावाट बिजुलीको स्वीकृति छ । भारतले दिएको अनुमतिमा थप १० प्रतिशत बिजुली निर्यात गर्न मिल्छ । जसअनुसार प्राधिकरणले भारतीय बजारमा १०३५ मेगावाटसम्म बिजुली भारतीय बजारमा बिक्री गर्न सक्नेछ । तर, पूर्ण क्षमतामा उत्पादनको बेला पनि आयोजनाहरुमा बाढीले क्षति पुर्‍याएपछि स्वीकृत क्षमतामा पनि उठाउन नसकिएको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणले ३६० मेगावाट मध्यकालीन सम्झौता भारतीय बजारमा बिक्रीको अनुमति पाएको छ भने ५८१ मेगावाट भारतीय ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मा बिक्रीको अनुमति पाएको छ । 

प्राधिकरणले मध्यकालीन सम्झौताको १०९ मेगावाट ५ रुपैयाँ २५ पैसा र २५१ मेगावाट ५ रुपैयाँ ४५ पैसामा सम्झौता गरेको छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु भारतले व्यर्होनुपर्ने सम्झौता छ ।  

प्राधिकरणले वर्षाका बेला स्वदेशी आयोजनाहरुसँग ४ रुपैयाँ ८० पैसामा बिजुली किन्ने गरेको छ । 

प्राधिकरणले गत भदौ तीन गते ११.६४ मेगावाटको दोर्दी– १, १४.४५३ मेगावाटको मायाखोला, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारमा निर्यातको अनुमति पाएको थियो ।  यस्तै हरियाणमा लिखु १ र लिखु दुई आयोजनाको बिजुली बिक्रीको अनुमति मिलेको थियो । 

लिखु एक आयोजनाको ७७ मेगावाट क्षमता छ भने लिखु दुई ५५ मेगावाट क्षमताको रहेको छ । 

प्राधिकरणले पहिलोपटक २०७८ कात्तिकमा ३९ मेगावाट बिजुली बिक्रीको अनुमति पाएको थियो । उक्त अनुमतिपछि वर्षायाममा निरन्तर बिजुली बिक्री गर्दै आएको छ । गत आर्थिक वर्षमा बिजुली नै बेचेर खुद निर्यातकर्ता बनिसकेको छ । गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu