site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा फैलँदै डेंगी

काभ्रेपलाञ्चोक । डेढ महिनाको अवधिमा काभ्रेपलाञ्चोकका नौ स्थानीय तहमा डेंगी संक्रमण फैलिएको छ । शुक्रबार (हिजो) एकैदिन ६ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

शुक्रबार पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक/एक पुरुषमा डेंगी संक्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

उनका अनुुसार, गएको साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेंगी संक्रमण देखिएको छ । संक्रमितमध्ये २७ पुरुष र ३० महिला छन् । “शुक्रबार एकैदिन ६ जनामा डेंगी देखिएको छ, सचेतना कार्यक्रम बढाउँदै लैजान्छौँ । व्यक्ति आफैँ पनि सचेत बन्नुपर्दछ,” श्रेष्ठले भनिन् ।

बनेपा, पनौती र धुलिखेल नगरमा बढी संक्रमित छन् । बनेपा र पनौतीमा १३/१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन/तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई/दुई र तेमाल गाउँपालिकामा एक डेंगी संक्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिइन् ।

गत आवमा जिल्लामा ४८७ जनामा डेंगी संक्रमण भएको थियो । कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी संक्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको श्रेष्ठले बताइन् । संक्रमण नियन्त्रण गर्न प्रत्येक शुक्रबार ‘१० बजे १० मिनेट’, ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् ।

प्रमुख श्रेष्ठका अनुसार, डेंगीको उच्च जोखिममा रहेका नेपालका १० जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि एक हो । लामखुट्टेको टोकाइबाट डेंगी लाग्ने भएकाले यसबाट जोगिन त्यसको टोकाइबाट बच्नुपर्ने उनले बताइन् ।

डेंगी भएमा एक्कासि उच्च ज्वरो आउने, पाँचदेखि सात दिनसम्म ज्वरो रहिरहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ ।

समयमै उचित उपचार नपाए बिरामीको मृत्यु समेत हुने भएकाले डेंगीको शंका लागेमा तत्काल स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro