site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘देवी’को अडियो गीत ‘सेलाइदेउ खोलामा’ सार्वजनिक

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘देवी’को अडियो गीत ‘सेलाइदेउ खोलामा’ सार्वजनिक भएको छ । 

सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको गीतमा सज्जा चौलागाईं र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बूको स्वर छ । 

Dabur Nepal

अभिनेता नाजिर हुसेन, गौरव पहारी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । 

चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । चलचित्रमा शिल्पा, गौरव र नाजिरसँगै टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ । 

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro