site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको ३० वर्षे खारेजी आदेशविरुद्ध ‍सरकारको भ्याकेटमा प्रहरी पक्षले गर्‍यो इजलास बहिष्कार
SkywellSkywell

काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि खारेजीविरुद्ध सरकारको भ्याकेटमा भइरहेको सुनुवाइ रिट निवेदक (प्रहरी) पक्षले बहिष्कार गरेको छ । सर्वोच्च अदालतको बिहीबारको आदेशलाई लिएर असन्तुष्ट बनेको निवेदक पक्षले सर्वोच्च अदालतको इजलास नै बहिष्कार गरेको हो ।

नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा यही भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Dabur Nepal
NIC Asia

रिटकर्ता श्रेष्ठसहितलाई दिएको पत्र कार्यान्वयन नगर्न र सेवा हदका आधारमा थप पत्राचार पनि नगर्न दिएको आदेशपछि सरकार आदेश पुनरवलोकनका लागि गएको थियो । सरकारको आदेश पुनरवलोकन निवेदन ‘भ्याकेट’मा बिहीबार न्यायाधीश डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले शीघ्र सुनुवाइ गर्नुपर्ने आदेशसहित बिहीबार नै म्याद तामेली गरी शुक्रबार निवेदक पक्षलाई उपस्थित हुन भनेको थियो ।

उक्त आदेशमा चित्त नबुझेको भन्दै निवेदक पक्षले शुक्रबार इजलास बहिष्कार गरेको हो । निवेदक पक्षका कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता सुशील पन्त, टीकाराम भट्टराईसहितले प्रश्न उठाएपछि सामूहिकरूपमा इजलास बहिष्कार गरेको निवेदक पक्षको वारिससमेत रहेका अधिवक्ता कुमार बस्नेतले जानकारी दिए । 

“बिहीबार साँझ ५ बजेसम्म आदेश भएको थिएन । राति अपराधीलाई पक्राउ गरेकै शैलीमा म्याद तामेल गरियो,” अधिवक्ता बस्नेतले बाह्रखरीसँग भने, “आदेशमा त भनिएको छैन । तर, म्याद नबुझे अवहेलनामा मुद्दा हाल्छु भन्ने शैलीमा कर्मचारीहरूबाट धम्क्याउने काम भयो ।” 

उनले बिहीबार आदेश गर्ने विनोद शर्माको इजलासमा बसेको विषयमा पनि प्रश्न उठाएको जानकारी दिए । 

“आज सरकारी वकिलको बहस हुँदै थियो । तर, यी सबै कारणले हाम्रो पक्ष इजलास छोडेर हिँडेको हो,” अधिवक्ता बस्नेतले  भने । 

सर्वोच्चको तीस वर्षे सेवा हद कार्यान्वयन नगर्न दिएको आदेशलाई लिएर सरकारी पक्षले गम्भीर प्रश्न उठाएको थियो । अवकाशको पत्र पाइसकेका, एक तह बढुवा लिइसकेकाहरूको पत्र कार्यान्वयन नगर्न र ऐन नबन्दासम्म अन्य नियमित अवकाशसमेत रोक्ने गरी दिएको आदेश नमिलेको भन्दै गम्भीर प्रश्न उठाउँदै सरकार पुनरवलोकनका लागि गएको थियो । सरकारले आदेश कार्यान्वयन नगर्ने देखेपछि निवेदक पक्ष अदालतमै विरोध दर्ज गरेर बाहिरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu