site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले फिर्ता लियो कोसी सरकारलाई दिएको समर्थन
फाइल तस्बिर ।

विराटनगर ‌ । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएको बेहोराको पत्र  प्रदेशसभा सचिवालयमा दर्ता गरिएको माओवादी केन्द्रले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई विस्थापन गरी गत वैशाख २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनले जेठ १ विश्वासको मत लिएका थिए ‌।

एमालेका कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका थिए । केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो ।

Koshi-Maobadi-1725005424.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro