site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सांसदहरूको प्रस्ताव– सरकारले जहाज चलाउन सकेन निजी क्षेत्रलाई दिऊँ
SkywellSkywell

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम सञ्चालन गर्न नसक्ने तथ्य–तर्क प्रस्तुत गर्दै सांसदहरू निजीकरणको पक्षमा उभिएका छन् । हुन पनि चाडपर्व समय नजिकिँदै गर्दा नेपाल वायुसेवा निगम तीनवटा जहाज ‘ग्राउन्डेड’ भएपछि सांसदहरू निगमलाई निजीकरणको मागमा उभिएका हुन् ।
 
अन्तर्राष्ट्रिय उडान भर्न निगमसँग चार वटा जहाज छन् । तर, तीनवटा जहाज एकैचोटि ‘ग्राउन्डेड’ भएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सांसदहरूले निगमको भूमिकामाथि प्रश्न उठाएका हुन् । सांसदहरूले सरकारले जहाज चलाउन नसक्ने भन्दै निजी क्षेत्रलाई दिँदा राम्रो हुने सुझाव दिए ।

निगमको न्यारोबडी बुधबार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारीमा यात्रु प्रभावित भएका थिए । जहाजको हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरू रद्द हुँदा यात्रुहरू प्रभावित बन्न पुगेका हुन् ।

अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ अवस्थामा छन् । न्यारोबडी ‘सगरमाथा’ जहाज बुधबार ‘हाइड्रोलिक’ मा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ‘ग्राउण्डेड’ गराएको थियो । 

Dabur Nepal
NIC Asia

अर्को वाइडबडी ‘सी–चेक’का लागि बिहीबार बेलुकी इटाली पठाउने तयारीमा छ । यता आन्तरिक उडानमा रहेका निगममा दुई ‘ट्विनअटर’मध्ये एउटा मात्रै उडानमा छ । आन्तरिक उडान गर्ने एउटा ‘ट्विनअटर’ जहाज लामो समयदेखि बिग्रिएर थन्केको छ ।
 
चारमध्ये तीन जहाज एकैपटक ‘ग्राउन्डेड’ भएपछि निगमले जहाज मर्मत गर्ने समय–तालिका नबनाएको आरोप लगाउँदै सांसदहरूले व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएका हुन् । 

यसअघि सि–चेकका लागि पठाएका ए–३३० विमान ५५ दिनसम्म पनि नआएको र सञ्चालनमा रहेका विमान पनि चाडपर्वको समयमा ममर्तका लागि भन्दै पठाउन लागेपछि सांसदहरूले निगमको भूमिकामाथि प्रश्न गरेका हुन् । 

मर्मतमा गएका जहाज एक महिनाभित्र आउनुपर्नेमा हालसम्म पनि नआएको भन्दै सांसद देवीप्रकाश भट्टचनले सरकारले निगम चलाउन नसक्ने भए निजी क्षेत्रलाई दिनुपर्ने बताए । “निगमसँग पनि चार वटा विमान छ । हिमालय एयरलायन्ससँग पनि चार वटा विमान छ । हिमालयको जहाज कहिले ग्राउन्डेड भएको समाचार आउँदैन । तर निगमको किन आउँछ ?” उनले प्रश्न गरे ।

सरकारले निगम चलाउन नसक्ने हुँदा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव समिति सदस्य पशुपतिशमशेर राणाको थियो । उनले भने, “नेपाल एयरलाइन्सको समस्याको समाधान सरकारबाट हुने म देख्दिनँ । यसरी निगम चल्दैन । चलाउन निजी कम्पनीलाई दिउँ । यसको हल निजीकरणबाट मात्र हुन्छ ।”

भारतमा निजीकरणपछि टाटाले नाफा गएको उदाहरण समेत प्रस्तुत गरे ।

कुन पाटपुर्जा कहिले मर्मत गर्नुपर्छ भनी निगमको आफ्नै कार्यतालिका रहेपनि पालना नगरेको सांसद शिशिर खनालले बताए । 

“नेपाल एयरलायन्सको कुन जहाजको पाटपुर्जा कहिले बिग्रन सक्छ भनी आफ्नै कार्यतालिका हुनुपर्छ,” उनले भने, “कार्यतालिका अनुसार कामै नभएको भनेर यसअघि बनेको समितिले रिपोर्ट नै दिएको छ । बिग्रेपछि बनाउनुपर्छ भनेर कुनै कार्यतालिका अनुसार कामै भएको छैन भनी रिपोर्ट आएको छ ।”

मर्मतका लागि पठाएको जहाज लामो समयसम्म नआउने, जहाजको कुन पार्ट कहिले मर्मत गर्नुपर्छ त्यो पनि नहेर्ने र निगमका पदाधिकारीहरू अनेक बाहना बनाएर विदेश जाने र एक देशमा बनाउने बाहनामा अन्य देश घुमेको भन्दै पदाधिकारीहरू जवाफदेही हुनुपर्नेमा उनले जोड दिए ।

प्रत्येक पटक निगमको जहाज मर्मतका लागि गएपछि महिनौसम्म रहने गरेको भन्दै २८ दिनमा सि–चेक गरेर फर्कनुपर्ने विमान ५५ दिनसम्म उतै रहनुपर्ने कारण खोज्नुपर्ने धारणा सांसद उदयशमशेर जबराको थियो । 

“एक चोटी ढिला होला, दोस्रो चोटी ढिला होला, तर प्रत्येक पटक महिनौसम्म ढिला भइरहने कारण के हो ?,” उनले प्रश्न गरे, “हाम्रो जहिले पनि ढिला हुने कारण के हो त ? प्रत्येक पटक बैठकमा निगमका पदाधिकारी आएर यो र त्यो समस्या देखाएर जानुहुन्छ । यसको जिम्मा कसले लिने ? जिम्मेवार बन्नु पर्छ कि पर्दैन ।”

जबराले निगममा अध्यक्ष युवराज अधिकारी आएपछि १० अर्ब घाटा भएको भन्दै त्यसको जवाफ दिनुपर्ने जबराले बताए ।

यस्तै नेपाल नागरिक उड्ड्यन प्राधिकरणले १० घण्टा विमानस्थल बन्द गरेर सञ्चालनमा रहेका विमान कम्पनीहरूलाई जर्बजस्ती पोखरा र भैरहवा लान खोज्दा नेपालको पर्यटन क्षेत्रमा नै असर पर्ने उनको भनाइ छ ।

पूर्व पर्यटन मन्त्रीसमेत रहेका समिति सदस्य सुदन किराँतीले निगमको नीतिगत र संरचनागत सुधार नगरेसम्म परिणाम निस्कन नसक्ने बताए । 

“हाम्रोमा जहाज मर्मत र खरिद ऐन निकै झन्झट छ । सार्वजनिक ऐन सच्याउनुपर्छ,” उनले भने, “हाम्रोमा के समस्या छ त्यसको अध्ययन हुन्छ तर कार्यान्वयन हुँदैन । त्यसकारण अब ‘हाम्रो’ होइन, ‘राम्रो मान्छे’ राख्ने संस्कृतिको विकास गर्नुपर्छ ।”

समितिमा बोल्ने हरेकजसो सदस्यले निगमको लापरबाही र गैरजिम्मेवार क्रियाकलापकै समस्या उत्पन्न भएको धारणा राखेका थिए ।  निगमको जहाज समस्याबारे निरन्तर कुरा उठेपनि त्यसको समाधान हुन नसकेको भन्दै सांसद सुनिता बरालले चिन्ता व्यक्त गरिन् । 

“हामी दुई वर्षदेखि एउटै कुरा गरिरहेका छौं । विश्वमा दुई वटा विमान हुँदा पनि राम्रोसँग उडान गरेर नाफामा गएका प्रसस्त उदाहरण छ,” उनले भनिन्, “हाम्रोमा आज तीन वटा जहाज ग्राउन्डेड भएको छ । यात्रु अलपत्र परेको समाचार सुन्न परेको छ । चाडवाडको बेला तीन ओटा प्लेन ग्राउन्डेड किन ?”
 
नागरिक उड्ड्यन प्राधिकरण र निगमले जनताबाट विश्वास गुमाएको सांसद दामोदर पौडेल वैरागीले बताए । “हाम्रोमा काम गर्ने तदारुकता देखिएन । उड्ड्यन प्राधिकरणमा पनि त्यो देखिँदैन । निगममा पनि त्यो देखिँदैन,” उनले भने, “कुन मन्त्री कहिले फेरिन्छ र दोष लगाउँला भनेर बसेको देखिन्छ ।” 

सुन बोक्ने हवाइ जहाजले किन मान्छे बोक्दैन भनेर सांसद प्रेम सुवालले प्रश्न गरे । निगमको चारवटै जहाज कहिले उड्छ भन्ने पदाधिकारीसँग ‘कमिटमेन्ट’ लिनुपर्ने सांसद धवलशमशेर राणाले बताए । 

“ठूलो अपरेसन न गरेसम्म केही हुँदैन । चारवटा जहाज कति दिनभित्रमा उड्छ ? यो कुरा पदाधिकारीले प्रष्ट गर्नुपर्छ,” उनले भने, “कति दिनमा जहाज उड्छ हामीलाई कमिटमेन्ट चाहियो । नत्र हामी राजीनामा दिन्छौँ भन्नुपर्यो ।”

निगम आन्तरिक समस्याका कारण धरासायी भएको सांसद एकनाथ ढकालले बताए । “आन्तरिक द्वन्द्वका कारण धरासयी भएको हो । नीतिगत सुधार गर्न सकिएन भने विघटनतिर जान्छ,” उनले भने, “निगमको हरेक कुरामा भ्रष्टहरूको अखडा भयो ।”

निगमको समस्या हल गर्न कुनै पनि बाहना बनाएर उम्कन नहुने समितिका सभापति राजकिशोर यादवले बताए । “कुनै पनि बहाना बनाएर उम्किन मिल्दैन । जसरी पनि समस्या समाधान गर्नुपर्छ,” उनले भने, “बस चलाउने मान्छे बरु व्यवस्थित हुन्छ । तर जहाज चलाउने मान्छे कुनै योजना र व्यवस्था छैन ।”

सि–चेकका लागि पठाएको जहाज हालसम्म पनि नआएको भन्दै संसद्मा विशेष समय लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न उठाए । “दैनिक पाँच करोड रुपैयाँ भन्दा निगमले नोक्सानी व्यहोरिरहेको छ,” उनले भने, “अरु कम्पनीहरूले सेटिङमा आफ्ना ध्वजाबाहकलाई पार्किङमा पुर्‍याइएको हो कि ? भन्ने पनि आंशका छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu