site stats
बाह्रखरी :: Baahrakhari
खेल
जोकोभिच तेस्रो चरणमा

काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार लास्लो जेरेले खेल बिचमा त्यागेपछि जोकोभिचले प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाएका हुन् ।

जेरेविरुद्ध जोकोभिच ६–४, ६–४, २–० ले अघि थिए । तर, यसपछि जेरेले पेटको समस्याका कारण खेलअघि नबढाउने निर्णय लिएपछि साविक विजेतासमेत रहेको जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

खेल दुई सेटभन्दा थोरै अघि बढे पनि यी दुईले करिब दुई घण्टा कोर्टमा प्रतिस्पर्धा गरे । “दुई सेटका लागि मात्रै पनि दुई घण्टाको समय, यो ठूलो प्रतिस्पर्धा थियो,” खेलपछि जोकोभिचले भने ।

यूएस ओपनको इतिहासमा जोकोभिचको यो ९०औँ जित हो । योसँगै उनी प्रत्येक वर्ष आयोजना हुने चारवटै ग्रान्डस्लाममा ९० खेल जित्ने पहिलो खेलाडीसमेत बने ।

जोकोभिचले अब तेस्रो चरणमा अस्ट्रेलियाका एलेक्सेई पोपिरिनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्