site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी ‘रिफ्रेसमेन्ट’ सेन्टरको पहिलो चरणको काम पूरा, मुख्यमन्त्रीले गरे निरीक्षण

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोसी गाउँपालिकामा निर्माणधीन कोसी ‘रिफ्रेसमेन्ट’ सेन्टर परियोजनाको अनुगमन गरेका छन् । सेन्टरको पहिलो चरणको काम पूरा भएको छ । पहिलो चरणमा केही भवनसहितका संरचना तयार भएको कोसी सरकारले जनाएको छ । 

प्रदेशको गौरवको आयोजना मानिएको यसको पहिलो चरणको काम भइरहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन परियोजना कोसी ब्यारेज पूर्वपट्टी पूर्वपश्चिम राजमार्गसँगै छ । यसमा १७५ वटा बस पार्किङ गर्न मिल्छ । भित्रै पेट्रोल पम्प, चालकहरूका लागि विश्रामस्थल, स्वीमिङ पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टुरेन्ट लगायतका संरचना निर्माण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

बिहीबार रिफ्रेसमेन्ट सेन्टरको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले पहिलो चरणको काम चाँडै सम्पन्न हुने बताए । दोस्रो चरणको काम हुँदा स्थानीयको सहयोग आवश्यक हुने मुख्यमन्त्री कार्कीले बताए । पहिलो चरणका काम सम्पन्न गर्न ५७ करोड ९८ लाख लागत लाग्ने अनुमान गरिएको थियो तर, काम सम्पन्न गर्न भने ३० करोड ४३ लाखमा सम्झौता भएको छ । परियोजना सम्पन्न गर्न दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro