site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दमास्कस–बेरुत राजमार्गमा इजरायली आक्रमण : चारजनाको मृत्यु

काठमाडौं । सिरियाको राजधानीको ग्रामीण इलाकाअन्तर्गत दमास्कस–बेरुत राजमार्गमा बुधबार कारलक्षित इजरायली आक्रमणमा चारजनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

बेलायतमा रहेको अनुगमन समूहले सिरियाली सरकारी सेनाको सुरक्षा चौकीनजिकै राजमार्गस्थित जबदानी ब्रिज आसपास विस्फोट भएको जनाएको छ । उक्त कारलाई इजरायलले निसाना बनाएको हुन सक्ने बताइएको छ ।

गाडी लेबनानतर्फ गइरहेका बेला उक्त घटना भएको ग्रामीण दमास्कसको अल–दिमास नगर परिषद्का प्रमुख अब्दु अल–ताकीले सिरिया सरकार समर्थक शाम एफएम रेडियोलाई बताए । विस्फोटका कारण गाडीमा आगो लागेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro