site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनाको लगातार तेस्रो जित 

काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनमा क्याटालन क्लब बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई तीन खेलसम्म कायम राखेको छ । बार्सिलोनाले ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा रायो भालेकानोविरुद्ध २–१ को जित निकालेको हो ।

रायो भालेकानोको मैदान स्टाडियो डे भालेकाजमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन पेड्री र ड्यानी ओल्मोले गोल गरे । ओल्मो मंगलबार बिहानमात्रै बार्सिलोनाबाट ला लिगामा दर्ता भएका थिए । उनले बार्सिलोनाबाट डेब्यू खेलमै गोल गरेका हुन् ।

घरेलु टिमका उनाई लोपेजले गोल फर्काएका थिए । खेलको नवौँ मिनेटमा लोपेजले गोल गरेपछि भालेकानोले पहिलो हाफभर अग्रता बनाएको थियो । तर, ६०औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

यस्तै, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी हुँदा ओल्मोले गोल गरेपछि बार्सिलोनाले लगातार तेस्रो खेलमा तीन अंक सुनिश्चित गरेको हो ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा कायमै छ । समान खेलबाट चार अंक जोडेको भालेकानो तालिकाको आठौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro