site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुस्ताङको थासाङमा फेरि हिउँपहिरो, बोक्सिखोला थुनियो

म्याग्दी । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट आज साँझ फेरि हिउँपहिरो खसेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएको बताए । 

“यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सिखोलाको नजिकै धेरै तलसम्म आएको छ,” उनले भने, “हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”

बोक्सिखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सिखोलामा पर्दछ ।

यसअघि विसं २०७८ कार्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दाबढी चौँरीगाई मरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro