site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको मंगलबार एक कार्यक्रमबीच नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले उद्घाटन गरे ।  

तालिमको उद्घाटन गर्दै श्रेष्ठले आगामी वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने वाचा गरे । तालिममा २५ प्रशिक्षार्थी सहभागी रहेको संघले जनाएको छ । तालिम भदौ १५ गते सम्म सञ्चालन हुनेछ । 

पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेशसहित केन्द्रमा तालिम सञ्चालन गर्न लागिएको हो । 

कोसी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा आगामी भदौ अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिइसकेको संघका प्रवक्ता उमेश प्रधानले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro