site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतीय प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन नबुझ्दा हामीले पनि बुझ्न पाएनौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझ्दा राम्रो हुने बताएका छन् । ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले सल्लाह गरेरै ईपीजी बनाएको भए पनि भारतीय पक्षले प्रतिवेदन नबुझेको बताए ।

सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाले लेखेको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’को लोकार्पण समारोहमा उनले ईपीजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेकाले आफूले बुझ्न नपाएको पनि बताए ।

उनले आफूहरूले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरूमाथि छलफल गर्न आग्रह गरिरहेको बताए । प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धिलगायतका विषयको पुनःमूल्यांकन हुनुपर्ने बताए ।

"मोदीजी र मैले कुरा गरेरै प्रबुद्ध व्यक्तिहरूको समूह बनाएका थियौँ । चार जनाको समूह बनाएर दुई वर्षसम्म काम गर्‍यो । डा. भेषबहादुर थापाजस्ता प्रबुद्ध व्यक्तित्व, निलाम्बर आचार्यजस्ता प्रबुद्ध व्यक्तित्व । उहाँहरूकै अगुवाइमा हामीले गरेका थियौँ । तर के कारणबाट भारतले त्यो बुझेको छैन," उनले भने ।

प्रधानमन्त्री ओलीले छिमेकी देशहरूसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताए । उनले छिमेकी देशहरूसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने पनि स्पष्ट पारे ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro