site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, बालेनको पक्षमा हुटिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी भएको छ । सुदूरपश्चिमको मुख्य चाड गौरा पर्वमा गएका प्रधानमन्त्री ओलीविरुद्ध दर्शकदीर्घाको अन्तिम लहरबाट नाराबाजी भएको हो ।

उनीहरूले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए । मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा भने हुटिङ गरेका थिए । नाराबाजीको अन्त्यतिर उनीहरूले 'बालेन, बालेन' भनेर हुटिङ गरेका थिए ।

सांस्कृतिक पर्वमा आमन्त्रित भएर पुगेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी नवराज सुवेदीका अनुसार विरोधमा उत्रिएकाहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro