site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल लाइफको ‘सरेन्डर’ गर्न नहुने जनचेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरूले आफूले लिएका बिमालेखहरूको निरन्तरताका लागि प्रोत्साहन गर्ने र बिमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवं जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको छ ।

कम्पनीले जस्तोसुकै परिस्थिति आए पनि बिमालेख सरेन्डर गर्न नहुने सन्देश दिन भिडियो बनाइएको जनाइएको छ ।

Argakhachi Cement Island Ad

भिडियोमा जीवन र जीवन बिमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । भिडियोमा उनको मनको व्यथालाई संगीतमार्फत व्यक्त गरिएको छ ।

काल्पनिक भिडियोमा देखाइएकोजस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित नेपाल लाइफले जीवन बिमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बिमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्न समेत विशेष आग्रह गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बिमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बिमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको बताए । उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे । सीईओ पराजुलीले आगामी दिनमा पनि कम्पनीले बिमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्