
काठमाडौं । फोनपेले आइसक्रिम ब्रान्ड बास्किन–रोबिन्ससँगको सहकार्यमा 'फोनट्याग स्कुप एन्ड सेभ' अभियानको घोषणा गरेको छ । अभियान आज (आइतबार) देखि सुरु भएको कम्पनीले बताएको छ ।
यसबाट कन्ट्याक्टलेस पेमेन्टका फाइदालाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउन लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
फोनट्यागमार्फत भुक्तानी गर्ने ग्राहकरूले नेपालभरिका १८ बास्किन–रोबिन्स आउटलेटमा ५० प्रतिशत क्यासब्याक २०० रुपैयाँसम्म लिन सकिने कम्पनीले जनाएको छ ।
सीमित अवधिको यस योजनाका लागि ग्राहकले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यो एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्ने र इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्यालाई हटाएर भुक्तानीलाई छिटो र सजिलो बनाउने कम्पनीको भनाइ छ ।
फोनट्यागमार्फत सीमित वा इन्टरनेट कनेक्टिभिटी नभएका क्षेत्रमा समेत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।