site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गरिमा विकास बैंकलाई ‘दि बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । गरिमा विकास बैंकले ‘दि बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्ड प्राप्त गरेको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो ‘इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड’ कार्यक्रममा बैंक अवार्डबाट सम्मानित भएको हो ।

प्रतिस्पर्धामा बिम्स्टेकअन्तर्गतका देश नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाको सहभागिता थियो । यो पुरस्कार कर्जा तथा अरू लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्ने गरेको बताइएको छ ।

अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अरू लगानीको गुणस्तर उत्कृष्ट र सुरक्षित रहेको विश्वास बैंकले गरेको छ । कार्यक्रममा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा आयोजित ड्राइभिङ इफिसिएन्सिस एक्रस दि भ्यालु चेन विषयक प्यानल छलफलमा विकास बैंकका सीईओ उपाध्यायले डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपालको प्रतिनिधित्व गरेका थिए । उनले नेपालको बैंकिङ क्षेत्र, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजीवरञ्जन प्रसाद र न्युजेन सफ्टवेयर टेक्नोलोजीका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनील पण्डिता मुख्य वक्ता थिए ।

कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक पनि वक्ताका रूपमा सहभागी थिए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५० एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro