site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडी एट्टो ३ को नयाँ संस्करण नेपालमा, यस्ता छन् नयाँ फिचर

काठमाडौं । नेपालमा बीवाईडीको एट्टो ३ को नयाँ संस्करण सार्वजनिक भएको छ । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले बीवाईडी एट्टो ३ औपचारिकरूपमा सार्वजनिक गरेको हो ।

कम्पनीले यसलाई स्पोर्टी इलेक्ट्रिक एसयूभी भनेको छ । यो गाडी सबैभन्दा बढी बिक्री हुनेमा परेको कम्पनीको दाबी छ ।

नेपाल भित्रिएको दुई वर्षभन्दा कम समयमै तीन हजार युनिटभन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुडिरहेका कम्पनीको भनाइ छ ।

बीवाईडी एट्टो ३ को २०२४ संस्करण विशेषरूपमा अपग्रेड गरिएको र यसमा नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध छ । इन्टेरियरमा युनिक ब्ल्याक र ब्लू कलर स्किम पनि उपलब्ध रहेको साइमेक्सले जनाएको छ ।

गाडीको एक्सटेरियरमा रियर ब्याज अर्थात् पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकामा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र राखिएको छ ।

डी–पिलर पहिले ड्रागन स्केलजस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकामा अब भने स्टाइलिस ब्ल्याक कलरमा राखिएको कम्पनीले जनाएको छ।

Atto3-1724587587.jpg
बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टम पहिले १२.८ इन्च रहेकोमा अहिले १५.६ इन्चको उपलब्ध भएको छ ।

सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्टमा हाई–पर्फमेन्स कन्टिनेन्टल टायर रहेको बीवाईडीले जनाएको छ ।

जोडियो बीवाईडी एप

नयाँ संस्करणको गाडी बीवाईडी एपसँग जोडिएको छ । यसबाट गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सकिन्छ ।

यस्तै, टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्नसमेत सकिने कम्पनीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro