site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुत्ता मेलामा तोडफोड र हातपात

काठमाडौं । बुटवलको डेल्टा मार्ट परिसरमा आइतबार (आज)देखि सुरु गर्न लागिएको दोस्रो जुत्ताचप्पल व्यापार मेलामा तोडफोड तथा हातपात गरिएको छ । मेलास्थलमा पुगेको एक समूहले त्यहाँ राखिएको ब्यानर र स्टल तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेको हो । नेपाली लुगाघरको आयोजनामा दसैँसम्म मेला लाग्ने बताइएको थियो ।

उक्त मेला रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा तोडफोड र हातपात गरिएको छ । आइतबार बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड र स्टल तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिमाथि समेत हातपात गरेका थिए ।

त्यहाँ पुगेको समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेको थियो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro