site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव गोताखोर टोलीले निकाल्यो
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा क्रसर कम्पनीले खनेको खाल्डोको पानीमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ ।

शनिबार दिउँसो फुटबल खेल्न साथीसँगै आएका ईश्वरपुर–४, सागरनाथका १७ वर्षीय निशान थापामगर नुहाउने क्रममा खाल्डोको पानीमा डुबेका थिए । फूलजोर खोलानजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा नुहाउन भनेर पसेका मगरको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरीका उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।

गोताखोर टोलीले ३० मिटरभन्दा बढी गहिरो खाल्डोबाट शव निकालेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २१:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro