site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
ममताको घरमै बीभत्स हत्या गरिएको आशंका

भर्जिनिया । भर्जिनियाको मनाससमा नेपाली महिला ममता काफ्लेको उनकै पतिले घरमै हत्या गरेको आशंका गरिएको छ । ममताका पति नरेश भट्टले एक नाबालककी आमा ममताको निकै बीभत्स रूपमा हत्या गरी प्रमाण लुकाएको शंका प्रहरीले गरेको छ ।

हत्या भएको करिब तीन सातापछि बिहीबार नरेशलाई प्रहरीले शंकास्पद अभियुक्तका रूपमा लिई पक्राउ गरेको थियो । प्रहरीले तयार गरेको विवरणमा पनि जुलाई ३० मै ममताको हत्या घरभित्रै भएको र प्रमाण लुकाइएको जनाइएको छ ।

उच्च डिजिटल र फोरेन्सिक प्रविधिको प्रयोगबाट गरिएको अनुसन्धानमा केही रगतका टाटा बाथरुम र कोठामा भेटिएको अनौपचारिक रूपमा सार्वजनिक विवरणले देखाएको छ । बेडरुममा समेत रगतका टाटा भेटिएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

शंकास्पद अभियुक्त नरेशले जुलाई ३० मा नजिकको वालमार्टबाट तीनवटा चक्कु किनेको, सरसफाइ गर्ने विभिन्न सामग्री पनि किनेको अनुसन्धानमा देखिएको छ । हत्यापछि प्रमाण नष्ट गर्न ती सरसफाइ सामग्रीको प्रयोग गरिएको शंका प्रहरीको छ ।

हालसम्म नरेशले अपराध स्वीकार गरेका छैनन् । उनी जमानतमा छुट्न नपाउने गरी प्रहरीले हिरासतमा राखेको छ ।

ममताको शरीर भने अझै भेटिएको छैन । शंकास्पद अभियुक्त नरेशले पनि प्रहरीलाई यसबारेमा जानकारी दिएका छैनन् । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ममताका नाबालकलाई हेरविचारका निम्ति नियमानुसार समाजिक संस्थामा जिम्मा लगाइएको छ । ममताका माइती परिवारका सदस्य अमेरिका आउने तयारीमा रहेको बताइएको छ ।

नेपाली समुदाय तरंगित
यो बीभत्स घटनाले अमेरिका बस्ने नेपाली समुदाय तरंगित भएको छ । कैयौँले सामाजिक सञ्जालमा परिवारका समस्या लकाउनुभन्दा नियमानुसार समाधानतिर लाग्नु उचित हुने स्टाटस लेखेका छन् ।

पनौतीको सामान्य परिवारकी ममताले फेसबुकको चिनजानका भरमा नरेशसँग विवाह गरेकी थिइन् । ममताको माइती परिवारको पनौतीमा तरकारी पसल छ । उक्त परिवारनिकटका अनुसार, नरेशले अमेरिकाको सेनामा काम गरेर छिट्टै अवकाश लिएका थिए । सेनामा रहँदा उनी अफगानिस्तानमा पनि बसेको बताइएको छ ।

अमेरिकाको नियमानुसार सेनामा भर्ना भएपछि सजिलै यहाँको नागरिकता पाइन्छ । श्रीमतीलगायत परिवारका सदस्यलाई पनि अमेरिका ल्याउन पाइन्छ ।

ममतालाई श्रीमान् नरेश र उनको परिवारले विभिन्न प्रकारले पीडा दिने गरेको माइतीनिकटले बताएका छन् । एक नाबालक सन्तानकी आमा २८ वर्षीया पेसाले नर्स ममताले पनि केही महिनाअघि पतिले घरेलु हिंसा गर्ने हुँदा कसरी अलग हुन सकिन्छ भन्ने खालको स्टाटस लेखेकी थिइन् । अमेरिकामा उनको माइतीनिकट कोही पनि थिएनन् ।

अमेरिकामा काम, परिवार हेरचाह सजिलो हुँदैन । नाबालक सन्तान हुँदा त झनै कठिन हुन्छ । परिवारका सदस्यबीच राम्रो समन्वय नभए अझ कठिन हुन्छ ।

हाल नेपाली समुदायले सामाजिक सञ्जालमा समाज, परिवार भन्दै हिंसा सहेर बस्न नहुने सुझाव साझा गर्न थालेका छन् ।

एक वर्षअघि टेक्सस, डलासमा कृष्ण लामिछानेले आत्महत्या गरेका थिए । केही महिनाअघि चर्चित रक्तदाताले पनि आत्महत्या गरे । यी पनि घरेलु हिंसासँग सम्बन्धित थिए । नेपाली समुदायमा परिवारभित्र विस्तारै समस्या बढ्दै गएकाले यसबारेमा बहस सुरु भएको हो ।

ममताका बारेमा अमेरिकाका सञ्चारमाध्यमले पनि चासोका साथ समाचार दिएका थिए । बिहीबार सीएनएनले बालककी आमा ममता हराएको बारेमा लामो समाचार दिएको थियो । अन्य सञ्चारमाध्यमले पनि यसबारेमा समाचार दिएका छन् ।

स्थानीय प्रहरी र प्रशासनले पनि यो घटनालाई महत्त्वका साथ अनुसन्धान गरिरहेको छ । केही दिनयता नियमिति रूपमा जानकारीहरु पनि दिइरहेको छ ।

अदालतमा प्रहरीले अभियोगपत्र बुझाएको छ । त्यहाँ पनि घरमै हत्या गरेर विभिन्न रूपमा शरीर घिसारेको उल्लेख छ । स्थानीय नेपाली सञ्चारकर्मी गुणराज लुइँटेलले सामाजिक सञ्चालमा राखेको विवरणानुसार, अभियुक्त नरेश अदालतमा उपस्थित हुँदा टुलुटुलु सुनेर बसे । आफ्ना कुरा वकिलमार्फत मात्र भन्ने बताएर मौन बसे । अदालतले अभियुक्तलाई वकिल राख्ने सुविधा दिएको थियो । अदालतमा उपस्थित भएकाहरूले नरेशका हाउभाउले उनमा खुंखार हत्याराको संकेत मिलेको रूपमा लिएका थिए । हिमालयखबरबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro