site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विवाहको चटारो समेट्दै ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक  

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । हलमा यसअघि नै बजाउन थालिएको ट्रेलर युट्युबमा आज सार्वजनिक गरिएको हो । 

ट्रेलरमा विवाहका लागि छोरीलाई मनाउन परिवारले गरेको प्रयास, छोेरीले गरेको अस्वीकार र भिन्नभिन्न स्वभावका केटा देखाइएको छ । 

उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सामाजिक समस्यालाई सिनेमाले कमेडी शैलीमा प्रस्तुत गरेको ट्रेलरले संकेत गरेको छ । 

चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, बसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचितत्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको डेव्यु निर्देशकीय सिनेमा हो । 

अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro