site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठक : चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने सदस्यहरूको आवाज

काठमाडौं । सत्तारूढ दल नपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीहरूले सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा प्रस्तुत गरिएको विषयहरूमा छलफल जारी रहेको बताए ।

उनले समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरूले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुराहरूमा जोड दिइएको बताए । उनले गठबन्धनलाई सफल बनाउने, नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा सदस्यहरूले मत जाहेर गरेको उल्लेख गरे ।

पार्टीबाट पदाधिकारी, संसद्, प्रधानमन्त्री कति पटक हुने भन्नेकुरा समय सान्दर्भिक नरहेको मत बढी आएको बताए । त्यस्तै, चुनावअघिको गठबन्धनको बारेमा पनि निर्वाचनताकाको आवश्यकताअनुसार सिद्धान्तमा रहेर गर्ने/नगर्ने कुराहरू टुंगो लगाउनुपर्ने आवाज सदस्यहरू थियो । बैठकमा नेताहरूले पार्टीले एक्लै जित्ने परिवेश बनाउनुपर्ने र पार्टीमा एकता कायम रहनुपर्ने बारेमा सदस्यहरूको जोड रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro