site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न सरकारलाई संसदीय समितिको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

Argakhachi Cement Island Ad

चिनी, चामल, तेल लगायतका खाद्य वस्तुहरूको कालो बजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिए । त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा विस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सभापति खानले चिनी लगायतका कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।

उनले भने, "चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथ मूल्य पसल देशको विभिन्न स्थानमा विस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्रदेखि पठाउने । चिनीको अभाव हुन नदिनेगरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने ।"

बैठकमा सांसदहरूले खाद्य/अखाद्यवस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्