site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०८४ मा हाम्रो मुख्य प्रतिन्द्वन्द्वी एमाले हुन्छ, संगठनमा ध्यान दिनुपर्छ : शशांक कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा (एमाले)का हुने भएकाले अब संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए ।

“२०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ,” कोइरालाले भने, “अब हाम्रो ध्यान ८४ को निर्वाचनमा जानुपर्छ । हाम्रो मुख्य प्रतिन्द्वन्द्वी हुन्छ, एमाले । हामीले संगठनमा ध्यान दिनुपर्छ ।”

सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए । तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ ।

“यो पनि फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ । यो गठबन्धनले पनि डेलिभर गर्न सकेन भने, सुशासनको बारेमा, भ्रष्टाचारीको बारेमा मूल्यांकन गर्न सकेन भने । तसर्थ, यो अन्तिम अवसर हो । यसलाई हामीले खेर फाल्नु हुँदैन,” कोइरालाले भने ।

उनले अगाडि भने, “हाम्रो सत्रु, सत्रु त नभनौँ, हाम्रो प्रतिपक्ष, मुख्य प्रतिपक्ष को हो– एमाले हो । उसँग नै हात मिलाएर हामीले सरकारमा आएका छौँ । यो अन्तिम अवसर हो, हाम्रा लागि । यो अन्तिम अवसरलाई हामीले गुमाउन भएन ।” 

उनले पार्टी सभापति शेरबहादुर देउवालाई संगठन निर्माण र महिलाहरूलाई अगाडि बढाउन सुझाव दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro