
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सेयर बजारबाट एक वर्षमा उठेको पुँजीगत लाभकर साउनमा नै उठेको बताएका छन् । उनले यो तथ्यांक प्रस्तुत गर्दा फ्लोरबाट सहभागीले ‘हुटिङ’ लागाएका थिए ।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘समृद्ध अर्थतन्त्र निर्माणको आधार : सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ कार्यक्रममा अध्यक्ष अग्रवालले सेयरबजारबाट सरकारले राम्रो लाभ पाउने बताए ।
अर्थतन्त्रमा सुधार आउन सेयर कारोबार र घरगग्गा कारोबारमा नै सुधार हुनुपर्ने उनको भनाइ छ ।
सम्पत्ति सुद्धिकरण विभागलाई अर्थ मन्त्रालयअन्तर्गत ल्याउनु पर्ने उनको माग छ ।
बैंकमा एक प्रतिशत लगानी हुनेले ऋण लिन नपाउने नियमले आर्थिक वृद्धिमा असर पर्ने उनको भनाइ छ ।