site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुख प्रकरण– फाइल सीआईबी पठाइदिने तयारी

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासका लागि लेखेको पत्रका विषयमा संसदीय समितिका सदस्यहरुले उजुरीमाथि अध्ययन सकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइदिने तयारी भएको छ ।

उपसभामुख रानामगरले पदको दुरुपयोग गरी काठमाडौंमा रहेको अमेरिकी दूतावासलाई भिसा समयका लागि पत्र लेखिदिएर पदको दुरुपयोग गरेको भन्दै बर्खास्तको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध समितिमा उजुरी गरेका थिए ।

राष्ट्रसंघीय कार्यक्रम ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं बैठकमा भाग लिन जान लागेकी उपसभामुख राना मगरले थप पाँचजनाको भिसा समयका लागि अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन् ।

रास्वाले यो विषयलार्य सामान्य भनेको थियो । आफूहरुले पैसा बुझाएर पनि अमेरिका जान नपाएको गुनासो रास्वपाको कार्यालयसम्म आइपुगेपछि ‘गुपचुप’ मिलाइएको बताइएको छ ।

अमेरिकी दूतावासलाई भिसाको लागि उपसभामुखले लेखेको पत्र सार्वजनिक भएपछि चौतर्फी आलोचना

उपसभामुखले उक्त कार्यक्रममा आफूसँगै जान लागेको भन्दै थप पाँचजनाको नाम सिफारिस गरेकी थिइन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बुझ्दा पनि ती संसद्सँग कुनै साइनो नभएको पाइएको छ ।

रामहरि खतिवडाप्रति रास्वपाको प्रश्न– छानबिन नगर्दै उपसभामुखलाई ‘मानव तस्कर’ भन्न मिल्छ ?

संसद् सचिवालयका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार उपसभामुखको विषयमा प्राप्त उजुरीका सम्बन्धमा सबै सदस्यलाई औपचारिकरुपमै जानकारी गराइएको छ । अब अर्को बैठकमा यस विषयमा छलफल हुन सक्ने बताउँदै ‘मानव तस्करी’को आरोप लागेको हुँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा अनुसन्धानका लागि पठाइदिने तयारी पनि समितिले गरेको छ ।

उपसभामुखको पत्र, रास्वपाभित्रै सामसुम ! भन्छिन्– गरिबले कहिल्यै सिफारिस नपाउने ?

“उपसभामुखले लेखेको पत्रका सम्बन्धमा समितिमा छलफलपछि राज्यका निकायमा पठाउनैपर्ने देखिन्छ,” ती अधिकारीले भने ।

समितिका सभापति रामहरि खतिवडाले भने कहाँ पठाउने भन्ने विषयमा समितिमा छलफल पछि निर्णय हुने बताउँदै संसद् सचिवालयकै अधिकारीलाई पत्र लेखिदिन आग्रह गरेको र नमानेपछि उपसभामुखले नै आफ्नो लेटरहेडमा बाहिरका व्यक्ति प्रयोग गरेर पत्र लेखेको भन्ने जानकारीमा आएको बताए ।

उपसभामुखको पत्र प्रकरण– के गर्दैछन् राजनीतिक दल ?

“संसद् सचिवालयका तत्कालीन महासचिव भरत गौतम र उपसभामुखलाई सचिवालयले उपलब्ध गराएका निजी सचिवलाई पनि पहिले अनुरोध गरिएको र उहाँहरुले नमानेपछि बाहिरबाट पत्र लेखिएको जानकारी हुन आएको छ,” खतिवडाले भने ।

मुकुल भन्छन्– उपसभामुखमाथि छानबिन होस्, मसँग भएको प्रमाण दिन्छु 

खतिवडाका अनुसार पत्र लेख्न नमान्ने निजी सचिवलाई त्यसपछि फेरिएको छ ।

उपसभामुखमाथि छानबिन गर्नुपर्नेमा कांग्रेस–एमालेको एक मत, भन्छन् : करुणाभावले चल्दैन

“संसद्सँग कुनै साइनो नभएका व्यक्तिलाई किन पत्र लेखिएको हो भन्नेबारेमा राज्यका निकायले गम्भीर अनुसन्धान गर्नैपर्ने देखिन्छ,” खतिवडाले भने ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro