site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुकुल भन्छन्– उपसभामुखमाथि छानबिन होस्, मसँग भएको प्रमाण दिन्छु 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । 

आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन्। उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु नपर्ने कुनै कारण नरहेको बताएका छन्। "उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नैपर्छ। यसो भन्दै गर्दा हामीले यो बिर्सनु हुन्न कि हामी त्यो समाजमा बस्छौं जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनुभएको थियो," मङ्गलबार बिहान फेसबुकमा उनले लेखेका छन्। 

आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालले बताएका छन् । 

आफूले सुरुमा घटनाबारे जानकारी लिन खोज्दा उपसभामुखले थाहा छैन भने पनि पछि एकजनाको नाम बताएको पनि उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ढकालले आर्थिक लेनदेन भएको प्रमाण पीडितसँग रहेको पनि उल्लेख गरेका छन् । 

ढकालले उपसभामुख इन्दिरा रानामगर प्रकरणबारे धारणा सार्वजनिक गर्दै एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “खबर प्राप्त गर्नेबित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सहकोषाध्यक्ष दीपक बोहोरासम्म कुरा पुर्‍याएको हो ।”

ढकालले इलाममा उपचुनावका बेला भएकाले त्यसपछि आफू समीक्षायात्रामा निस्किएको र त्यसपछिको अवस्थाका बारेमा सबैलाई जानकारी भएको बताएका छ्न । उनले ९ लाख रुपैयाँ उपसभामुखको सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको बताएका छन् ।

ढकालले पीडितलाई उद्धृत गर्दै भनेका छन्, “पीडितका अनुसार ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।” ढकालले उपसभामुखले तत्काल राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro