site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रामहरि खतिवडाप्रति रास्वपाको प्रश्न– छानबिन नगर्दै उपसभामुखलाई ‘मानव तस्कर’ भन्न मिल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको समितिले उपसभामुख इन्दिरा राना मगरमाथि निष्पक्ष छानबिन गर्न नसक्ने निस्कर्ष निकालेको छ ।

समितिमा उजुरी परिसकेपछि सभापति खतिवडाले संसद् बैठकमै उपसभामुखलाई मानव तस्कर भनेको आरोप लगाउँदै ‘अब स्वतन्त्र छानबिन कसरी हुन्छ ?’ भन्दै प्रश्न गरेको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बाह्रखरीसँग कुरा गर्दै भने, “उपसभामुख हाम्रो दायराभित्रको विषय होइन । संसद्को निर्णय नआइ हामी कसरी निर्णय गर्न सक्छौँ ?”

उपसभामुख भएपछि रानाले पार्टीका पदबाट राजीनामा दिएकी थिइन् । उनका विषयमा संसद् र राज्य व्यवस्थाको समितिको निर्णयपछि मात्रै पार्टीभित्र छलफलको विषय बन्ने धारणा रास्वपाको छ । उपसभामुख विषयमा सार्वजनिक भएका विषयमा रास्वपाका बन्द प्रशिक्षणका बेला पनि कुरा उठेन ।

झाले छानबिन गर्ने समितिका सभापतिले पहिले नै मानव तस्कर भनेकोप्रति आपत्ति जनाउँदै अब निष्पक्ष छानबिन हुनेमा आशंका पैदा भएको बताए ।

“संसदसमक्ष उजुरी परेको छ । त्यसमा निर्णय भएको छैन,” उनले भने, “उपसभामुख हाम्रो डोमेनभन्दा बाहिर हुनुहुन्छ । उपसभामुख संवैधानिक परिषदको सदस्य हो । राज्यव्यवस्था समितिमा छलफल हुन बाँकी नै छ । उताबाट निर्णय भएपछिमात्रै हामीले निर्णय गर्न सकौँला । हामी मौन बसेका छैनौँ र अब्जर्भ गरिरहेका छौँ ।”

सभापतिले नै मानव तस्कर भनेको भन्दै उनले आपत्ति जनाए । “राज्यव्यवस्था समितिमा उजुरी परेपछि सभापतिले नै मानव तस्कर भनेर बोल्न मिल्छ ? समितिका सभापतिले नै बोलिसकेपछि अब कसरी निष्पक्ष छानबिन हुन्छ ?,” उनले भने, “अब उहाँहरुले गर्ने निर्णय पूर्वाग्रही हुँदैन र ?”
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro