site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दिनभरिको उतारचढावबीच सेयर बजार बढेर बन्द, १८ अर्ब ९० करोडको कारोबार
SkywellSkywell

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार दिनभरिको उतारचढावकाबीच बजार झिनो अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक घटेर २९४३.६१ विन्दुसम्म झरेको थियो । त्यसपछि बजार सुधार भएको थियो । आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आज फाइनान्स, विकास बैंक, वाणिज्य बैंक, ‘अन्य’ र लगानी समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ४.९९ प्रतिशतले वृद्धि भएको छ ।  

आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यसरी सेयर मूल्य १० प्रतिशतले वृद्धि हुनेमा कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनी लिमिटेड छन् । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu