site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा मन्त्रालय फुटाएपछि मात्रै कांग्रेस सरकारमा जाने, मिलाउने जिम्मा ओली र देउवालाई

विराटनगर । कोसी प्रदेशमा मन्त्रालय फुटाएपछि मात्र नेपाली कांग्रेस सरकारमा सामेल हुने भएको छ । 

अहिले कोसीमा ९ मन्त्रालय छन् । कम्तीमा दुई मन्त्रालय थप भएपछि मन्त्रालयको संख्या ११ पुग्ने छ । मन्त्रालय फुटाएर भए पनि कांग्रेसलाई सरकारमा सामेल गराउने मुख्यमन्त्री हिक्मत कार्कीले यसअघि नै संकेत गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन सकिने बताएका थिए ।

“कुल बजेटको ठूलो हिस्सा एउटै मन्त्रालयमा रहँदा कार्यसम्पादन चुस्त र बजेट कार्यान्वयनमा समेत समस्या हुँदो रहेछ, यसलाई विभाजन गर्न सकिन्छ,” कार्कीको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

यद्यपि, पहिलो कार्यकालमा मुख्यमन्त्री छँदा सरकारको प्रशासनिकदेखि अन्य खर्च घटाउने उद्घोष गर्दै उनै मुख्यमन्त्रीले मन्त्रालय एक आपसमा एकीकृत गरेर घटाएका थिए ।

कोसीमा आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानून, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा ऊर्जा,सामाजिक विकास, उद्योग, कृषि तथा सहकारी, पर्यटन, वन तथा वातावरण मन्त्रालय छन् । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर सहरी विकास तथा उद्योग कृषि र सहकारीबाट उद्योग झिकेर अलग मन्त्रालय बनाउनेबारे छलफल भएको बताइएको छ ।

कार्की नेतृत्वको सरकारमा रहेका माओवादीले केन्द्रीय गठबन्धन फेरिएपछि सरकार छाडेको छ । उसले छाडेका मन्त्रालयमा थप गरी चारवटा कांग्रेसलाई दिने सरकारको तयारी थियो । तर, कांग्रेसमा मन्त्री बन्ने अकांक्षी धेरै भएपछि मन्त्रालय थप गर्ने तयारी भएको हो । सांसद संख्याको आधारमा कोसीमा १३ वटासम्म मन्त्रालय बनाउन सकिन्छ ।

०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा कार्की मन्त्रिपरिषद्को पहिलो निर्णय नै मन्त्रालय संख्या घटाउने थियो । तर, अहिले दलगत भाग पुर्‍याउनकै लागि मन्त्रालय संख्या थप गर्न लागेका हुन् ।

मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा कोसीमा भागबन्डा मिलाउनकै लागि मन्त्रालय संख्या बढाएर १३ बनाइएको थियो । त्यसबेला सहरी विकास र कृषि तथा सहकारी मन्त्रालय अलग्गै बनाइएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट झिकेर यातायात तथा सञ्चार मन्त्रालय पनि थप गरिएको थियो । 

देउवा र ओलीले मन्त्रालय मिलाउने

मन्त्रालयको भागबन्डा नपुगेर कोसीमा कांग्रेसले अर्घेल्याइँ गरेजस्तै गण्डकीमा एमाले सरकारमा सामेल भएको छैन । दुई प्रदेशको लफडा मिलाउन तल प्रदेशका संसदीय दलले नसकेपछि यसको छिनोफानो गर्ने जिम्मेवारी शीर्ष नेतालाई छाडिएको छ ।

नेपाली कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच यस विषयमा दुईपटक छलफल भइसकेको छ ।

कोसीमा कांग्रेस संस्थापन र शेखर कोइराला समूहले दुई–दुई मन्त्रालय दाबी गर्दै आएका छन् । सिटौला समूहको एउटा मन्त्रालयमा दाबी छ । पहिले नै मुख्यमन्त्री बनिसकेका उद्धव थापा र केदार कार्कीबाहेक २७ जना सांसदले मन्त्री बन्न इच्छा देखाएका छन् । को को मन्त्री बन्ने भन्ने छलफल नै अघि बढेको छैन । तर, मन्त्री बन्न चाहनेले काठमाडौमा पार्टीगत लबिङ बढाएका छन् ।

कोसी र गण्डकीमा उस्तै प्रकृतिको राजनीतिक समस्या देखिएकाले समस्या समाधान गरेर मात्र सरकार विस्तार हुने कांग्रेस संसदीय दलका नेता थापाको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro