site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने 

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले फिफा विश्वकप छनोटअन्तर्गतका दुई खेल गुमाउने भएका छन् । चोटका कारण हाल मैदानबाट बाहिर रहेका मेसीले विश्वकप छनोटअन्तर्गत हुने चिली र कोलम्बियासँगको खेल गुमाउने भएका हुन् । 

यी दुई खेलका लागि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले घोषणा गरेको २८ सदस्यीय टिममा मेसी अटाएका छैनन् । मेसी अझै एन्कल इन्जुरीबाट पूर्ण फिट भइसकेका छैनन् । मेसी कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्ध घाइते भएका थिए । फाइनलमा चोटकै कारण मेसीले पूरा समय नखेली मैदान छाडेका थिए । 

स्कालोनीले घोषणा गरेको टिममा कोपा अमेरिकापछि अर्जेन्टिनी टिमबाट बाहिर रहेका मिडफिल्डर एन्जल डी मारिया पनि समावेश भएका छैनन् । विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ६ खेल खेल्दा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । छनोटमा अर्जेन्टिनाले चिलीसँग सेप्टेम्बर ६ मा र कोलम्बियासँग सेप्टेम्बर ११ मा खेल्ने तालिका छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro