राजनीति
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृतिसभामा उनले प्रधानमन्त्री बन्नभन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न आग्रह गरे ।
झाले नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १५:४७
प्रतिक्रिया दिनुहोस्