site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो खेलमा रोकियो एट्लेटिको मड्रिड
SkywellSkywell

काठमाडौं । स्पेनिस ला लिगा नयाँ सिजनको पहिलो खेलमा एट्लेटिको मड्रिड र भियारियालले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार स्टाडियो डे ला सेरामिकामा भियारियालले दुईपटक अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

१८औँ मिनेटमा अर्नाउट डान्जुमाले गोल गर्दै भियारियाललाई अग्रतामा राखेका थिए । यो अग्रता लामो समय टिक्न सकेन । त्यसको दुई मिनेटपछि नै मार्कोस लियोरेन्टले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।

Dabur Nepal
NIC Asia

३७औँ मिनेटमा एट्लेटिकोका कोकेबाट आत्मघाती गोल उपहार पाएपछि भियारियालले पुनः २–१ को अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा एलेक्सान्डर सोरिओथले गोल फर्काउँदै एट्लेटिकोलाई पुनः बराबरीमा ल्याएका थिए ।

नयाँ सिजनको पहिलो खेलमै रोकिएको एट्लेटिको एक अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान अंकको भियारियाल पाँचौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu