राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बुधबार (भदौ ५ गते) बस्ने भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको बैठकमा राष्ट्रिय भेलासहितका विषयमा छलफल हुने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे विमर्श हुने छ ।
यसैगरी, बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ ।
यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ २०:२८
प्रतिक्रिया दिनुहोस्