site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत  
फाइल तस्बिर ।

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

आइतबार बैठकमा सैद्धान्तिक छलफलपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले प्रस्ताव राखेका थिए । उनले विधेयक फास्ट ट्रयाकबाट पारित हुने विश्वास लिए । राष्ट्रियसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित भएको छ । 

टीआरसीसम्बन्धि विधेयक साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको थियो ।  

विधेयक ०७९ फागुन २५ गते संसद्‌मा दर्ता भएको थियो । ०८० वैशाख ५ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा पठाइएको थियो । समितिले ०८१ साउन २४ गते सर्वसम्मत पारित गरेको थियो । त्यसपछि प्रतिवेदनसहित साउन २९ गते प्रतिनिधिसभामा पेस भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro