site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत

काठमाडौं । राष्ट्रियसभामा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

आइतबार बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले प्रस्ताव राखेका हुन् । उनको प्रस्तावपछि सैद्धान्तिक छलफल जारी छ । 

टीआरसीसम्बन्धी विधेयक साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको थियो ।

विधेयक ०७९ फागुन २५ गते संसद्‌मा दर्ता भएको थियो । ०८० वैशाख ५ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा पठाइएको थियो । समितिले ०८१ साउन २४ गते सर्वसम्मत पारित गरेको थियो । त्यसपछि प्रतिवेदनसहित साउन २९ गते प्रतिनिधिसभामा पेस भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro