site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वामदेवले गरे प्रधानमन्त्रीसँग भेट्न नपाइने गुनासो, इजरायलको प्रविधि ल्याउन माग

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले प्रधानमन्त्रीसँग भेट्न नपाइने गुनासो गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सरकारका प्रमुख व्यक्तिसँग कुरा गर्दा हुने विषय हो, सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न पाइँदैन । त्यसैले राष्ट्रियसभा गुहारेको छु,” उनले भने ।

गौतमले ०७३–०७४ मा नेपालका लागि तत्कालीन इजरायली राजदूतसँग नेता विष्णु पौडेलको निवासमा भएको भेटबारेको प्रसंग सुनाए । भेटका क्रममा तत्कालीन इजरायली राजदूतले बाटो बनाउन गिटी, बालुवा नचाहिने गरी आफूहरूले केमिकलको विकास गरेको बताएको उनले सुनाए ।

“हामीले धेरै समय खर्च गरेर विटुमिनको ठाउँमा अर्को एउटा केमिकल विकास गरेका छौँ, जसले तपाईंहरूको जस्तो देशमा बाटोलगायतको निर्माणका निम्ति मद्दत गर्न सक्छ । त्यो सयौँ वर्षसम्म बिग्रन्न, भत्कन,” राजदूतको भनाइ उद्धृत गर्दै गौतमले भने, “गिटी पनि चाहिन्न, बालुवा पनि चाहिन्न । जति ठाउँमा त्यो केमिकल जान्छ, त्यो माटो आफैँ चट्टानजस्तो रूपमा प्रकट हुन्छ । गाडी सजिलै दौडन सक्छन् । यस्तो गरी विकास गरेका छौँ भनेर उहाँले भन्नुभयो ।”

उक्त केमिकल ल्याएर प्रयोग गर्न सके पहाड, नदीनाला सुरक्षित हुन सक्ने उनले बताए । त्यसका निम्ति इजरायललाई अनुरोध गरिनुपर्नेमा उनले जोड दिए ।

“इजरायलका राजदूतलाई बोलाएर परराष्ट्रमन्त्रीले कुरा गर्नुपर्‍यो । आवश्यक पर्छ भने प्रधानमन्त्रीले पनि कुरा गर्नुपर्‍यो,” उनले भने, “नेपालको समृद्धि र विकासका निम्ति त्यो विषय नेपालमा ल्याउनुपर्‍यो ।”

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro