site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ३४.४७ अंकले घट्यो, होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाए
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार घटेर बन्द भएको छ । नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से घटेसँगै होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहमा पर्ने ६ वटैै कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा समग्र परिसूचक ४.४९ प्रतिशतले घटेको छ ।

यो समूहअन्तर्गत चन्द्रागिरि हिल्स, सिटी होटेल, कालिञ्चोक दर्शन, ओरेन्टियल होटेल, सोल्टी होटेल र तारागाउँ रेजेन्सी होटल पर्छन् । यी सबै कम्पीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंक, जीवन बिमा, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ । वाणिज्य बैंक ०.८४, जीवन बिमा ०.०१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा समूहको परिसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको थियो । त्यस दिन २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल), मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सगरमाथा जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, शुभम पावर, मातृभूमि लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर र कुथेली बुखरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro