site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ सिजनको पहिलो खेलमा रोकियो मिलान 

काठमाडौं । इटालियन सिरी ‘ए’ २०२४–२५ को पहिलो खेलमै एसी मिलान हारबाट जोगिएको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा मिलानले २–० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै हार टारेको हो । 

सान सिरोमा भएको खेलमा मिलानले टोरिनोसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो । खेलको ३०औँ मिनेटमा मालिक थिवबाट आत्मघाती गोल उपहार पाएपछि टोरिनोले अग्रता बनाएको थियो । 

६८औँ मिनेटमा डुभान जापाटाले गोल गर्दै टोरिनोका अग्रता दोब्बर बनाए । तर, निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा अल्भारो मारोटाले गोल गर्दै मिलानको खेलमा फर्किने सम्भावना जगाएका थिए । 

यस्तै, इन्जुरी समयको पाँचौँ मिनेटमा नोह ओकाफरले दोस्रो गोल गरेपछि मिलान खेलमा फर्किएको हो । बराबरीसँगै एक अंक जोडेको मिलान तालिकाको शीर्ष स्थानमा छ । समान अंक जोडेको टोरिनो चौथो स्थानमा छ । सिरी ‘ए’ अन्तर्गत शनिबार नै भएको अर्को खेलमा एम्पोली र मोन्जाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । तालिकामा एम्पोली सातौँ र मोन्जा आठौँ स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro